लेक लागेर पाँचथरमा एक युवकको मृत्यु

दिप खबर
माघ २०, २०७८


चौँरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका-५ को टुनिबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।


बुधवार राति साढे १२ बजेतिर विशाल सहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहाले स्थिति चौँरी गोठ गएका थिए ।हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चौकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा विशाल मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए । विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP