पार्किङ गरी राखिएको स्कारपियो र मोटरसाइकलमा शङ्कास्पद आगजनी

दिप खबर
माघ २०, २०७८


उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाटमा पार्किङ गरी राखिएको एक व्यवसायीको स्कारपियो गाडी र एक मोटरसाइकलमा गए राती आगजनी भएको छ । स्थानीय कालिदास राईको निजी प्रदेश १–०२–००२ च ४३८५ नम्बरको स्कारपियो र स ३ प २२८३ नम्बरको मोटरसाइकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले बताएका छन् । आगजनीबाट गाडी र मोटरसाइकल पूर्ण रूपमा क्षति भएका हो ।


घरको ग्यारेजमै पार्किङ गरी राखिएको अवस्थामा कुनै समूह वा बिद्युत् सर्ट बाट आगजनी भयो यकिन नभएको गौतमले बताए । व्यक्तिगत रिसिवीले पनि हुन सक्ने आशङ्का रहेकाले अनुसन्धान सुरु गरिएको उनले बताएका छन् । राईका अनुसार रातीको १ बजे आगजनी भएको र आगजनीको करिब एक घण्टाको प्रयासमा प्रहरी, स्थानीय र नगरपालिकाको दमकलले आगो नियन्त्रण गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP