डिजिटल कारोबारलाई तीव्रता दिइ रहेको भुक्तानी सेवा प्रदायक खल्ती र फोनपे पेमेन्ट सर्भिस लिमिटेड बिच सहकार्यको सहमति भएको छ । एक कार्यक्रमका बिच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर भएको हो । सम्झौता सँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्युआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने भएको हो ।
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएको देखिन्छ । दुई वर्षको अवधिमा फोनपे नेटवर्क ६० वटा बैङ्क तथा वित्तीय संस्था सँग आबद्ध रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP