धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप तीन जना कोरोना सङ्क्रमितको ज्यान गुमाएका प्रतिष्ठानका सह प्रवक्ता डा.चूडामणि पोखरेल ले बताएका छन् ।
ज्यान गुमाउनेमा धरान १० का ५८ वर्षीय पुरुष, धरान ११ का ६३ वर्षीय पुरुष र धरान ८ की ५२ बर्सिया महिला रहेका प्रतिष्ठानका सह प्रवक्ता पोखरेल ले बताएका छन् । पोखरेलका अनुसार धरान ११ का ६३ वर्षीय मृत पुरुषले करोनाविरुद्धको खोप लगाएका थिएनन् भने बाँकी दुई मृतकले खोप लगाएका पाइएको बताएका छन् ।
मृतक तीनै जनामा दीर्घ बिराम जस्तै मिर्गौला, उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP