रङ्ग पत्रकार सुवेदीको लेखन निर्देशनमा बन्ने भो “ठगराज”

दिप खबर
माघ २०, २०७८

नेपाली कथानक चलचित्र ठगराज निर्माण हुने भएको छ । ठगराज रङ्ग पत्रकार तथा लेखक निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको हो । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया संगको सहकार्यमा दिलासा कृयसनको ब्यानरमा निर्माण हुनेछ । सामाजिक कथा बस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन् ।

चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केहि समय पछि जानकारी गराइने निर्देशक सुवेदीले बताए । चलचित्रको चैत्र अन्तिमबाट छायाँकन गर्ने निर्माण टिमको योजना रहेको छ । सामाजीक कथा, जीवनको यथार्थसंग नजीक, साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन रहेको निर्देशक सुवेदीले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP