आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृत्यु भएको छ । तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट पड्किँदा सैनिक जवान आचार्य दुई महिना अघि गम्भीर घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि विराटनगर अस्पताल पुर्याएको थियो ।
तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सेनाले १६ मङ्सिर मा सैनिक अस्पताल छाउनीमा भर्ना गरेको थियो । आर्चायको मङ्गलवार बिहान उपचारका क्रममा निधन भएको सैनिक प्रवक्ता एवं सहायक रथी नारायण सिलवालले जानकारी दिएका छन् । आचार्य भोजपुर स्थित कालीशक्ति गणमा कार्यरत रहेका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP