झापाको बिर्तामोड ६ बुट्टाबारी स्थित पूर्वपश्चिम राजमार्गमा बुधवार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ८ बस्ने २७ वर्षीय बमबहादुर लेप्चा रहेका प्रहरीले जनाएको छ ।
बुधवार बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००–१ ख २१४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१५ प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल बमबहादुर लेप्चा घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल ल्याइएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुर भिमफेदी २ का २९ वर्षीय सन्तोष निजारलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP