धरानमा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

दिप खबर
माघ १९, २०७८


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो । 


गत माघ १३ गते उनलाई कोरोना सङ्क्रमण पुष्टि भई १६ गते अस्पताल भर्ना भएका थिए । उनको बुधवार बिहान सात बजे कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुरामणि पोखरेलले जानकारी दिएका छन् ।


कोरोनाको खोप लगाएका उनी मिर्गौला सम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP