रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ रुइनिवाङमा लागु औषध कारोबार गरेको आरोपमा झरना नास्ता पसलकी सञ्चालक समेत रहेकी एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अवैध लागु औषधको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय रोल्पाको संयुक्त प्रहरी टोलीले उक्त महिलालाई पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले लागु औषध ब्राउनसुगर २४० मिलिग्राम र ६४ ग्राम लागु औषध चरेस बरामद गरेको छ । उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP