नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधवार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ वृद्धि भएको बताएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ ।
हिजो मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।
यसै गरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको छ । हिजो मङ्गलवार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP