कोरोना सङ्क्रमित भएका एक युवकको मृत्यु

दिप खबर
माघ १९, २०७८


वीरगञ्जमा कोरोना भाइरसबाट सङ्क्रमित भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । बाराको निजगढ नगरपालिका–३ बागदेवका २२ वर्षीय युवकको मृत्यु भएको हो । 


आइतबार रेफर भएर आएका उनको मङ्गलवार अपराह्न साढे ४ बजे भेनिटलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायण सिंहले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP