पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालको इतीहासमै नयाँ रेकर्ड कायम

दिप खबर
माघ १९, २०७८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आयल निगमका अनुसार साबिकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ । अबको पेट्रोल १४२ र डिजल/मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यससँगै पेट्रोलियमको भाउ अहिले सम्मकै उच्च भएको हो ।


मंगलबार राति १२ बजेदेखि लागू भएको पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाइएको हो । योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।


आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य डलर १ हजार ९५ कायम भएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP