कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सरोकारवाला निकायलाई विपक्षी बनाई मङ्गलवार अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले उक्त आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन् । खोप कार्ड नभएकालाई सेवाहरूबाट वञ्चित गर्ने सरकारी निर्णय गैर कानुनी भएको उल्लेख गर्दै यही माघ ६ र गत पुस ३० गतेको उक्त सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार रिट निवेदन दर्ता भएको र सुनुवाइका लागि बिहीबार तय भएको बताएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा प्रवेशका लागि कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्न सरकारलाई सिफारिस गरेको थियो । सरकारले यही माघ ७ गतेदेखि खोप कार्डबिना सार्वजनिक तथा धेरै भीड हुने स्थान रेस्टुराँ, सिनेमा हल, रङ्गशालाजस्ता क्षेत्रहरूमा प्रवेश निषेध गर्ने व्यवस्था गरेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP