धनकुटामा अटो दुर्घटना हुँदा एकको मृत्यु

दिप खबर
माघ १९, २०७८


धनकुटामा मङ्गलवार राति अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनकुटा बजारबाट जाँदै गरेको मे १ ह ४४७४ नं को अटो कोसी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ७ जिरोप्वइन्टमा अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको थियो ।


दुर्घटनामा घाइते भएका चालक छथर जोरपाटी गाउँपालिका १ घर भई हाल धनकुटा नगरपालिका ७ जिरोप्वइन्ट बस्ने ६० वर्षीय लालबहादुर दर्लामी मगरको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP