कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य सुरक्षित रहेका प्रहरीले जनाएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP