नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियुले निर्वाचनको मिति घोषणा गर्न माग गर्दै पुलचोकस्थित मन्त्री निवास अगाडि प्रदर्शन गरेका छन् । अनेरास्ववियुका कार्यकर्ताहरू बिहानै पुलचोकमा भेला भएर स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब दिएका छन् । प्रमुख प्रतिपक्ष एमालेको भातृ सङ्गठन अनेरास्ववियुले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै आएको छ ।
अनेरास्ववियुका कार्यकर्ताले पुलचोकस्थित क्वाटरबाट कार्यालय जान लागेका सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई कालो झण्डा समेत देखाएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP