काठमाडौँमा प्रहरीले दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शङ्कर साह रहेका छन् । बाराको कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा साहलाई १३ केजी चाँदीसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP