सोनाम ल्होसारको उपलक्ष्यमा बुधवार सार्वजनिक बिदा

दिप खबर
माघ १८, २०७८

सरकारले  सोनाम ल्होसारको उपलक्ष्यमा भोलि(बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै माघ १९ गते बुधवार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सोनाम ल्होसारको अवसरमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP