बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म “आरआरआर”को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । अब यो फिल्म २५ मार्च २०२२ (चैत ११) मा रिलिज हुने पक्का भएको छ ।
यसअघि ७ जनवरी २०२२ मा फिल्म रिलिज हुने भनिएको थियो । आक्रामक प्रचार गरेको फिल्मको प्रदर्शन मिति भारतमा ओमोक्रन भेरिअन्ट फैलिएसँगै सिनेमा हल बन्द भएपछि स्थगित गरिएको थियो ।
यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड मा रिलिज हुने भनिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP