घटेको सुनको मूल्य पाँच दिन पछि फेरी बढ्यो

दिप खबर
माघ १८, २०७८

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुनको मूल्य मङ्गलवार भने बढेको छ । हिजोको तुलनामा मङ्गलवार प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको छ ।

 
गत बुधवार देखि सोमबारसम्म सुनको मूल्य निरन्तर घटेको थियो । बुधवार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको सुन बिहीबार ९ सय, शुक्रवार र शनिवार ९ सय, आइतबार ४ सय र सोमबार ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । मङ्गलवार चाँदीको मूल्य भने प्रतितोला १२४० रुपैयाँ कायमै भएको  महासङ्घले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP