कोभिड–१९ महामारी नियन्त्रणको लागी गरिएको लकडाउन उल्लङ्घन गरेको आरोपमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन् । बेलायतमा लकडाउन गरिएको बेला जोन्सनले सरकारी आवास डाउनिङ स्ट्रिटमा मानिसहरूको जमघट हुने भेला गरेका थिए ।
प्रधानमन्त्रीले माफी मागे पनि विपक्षी लेबर पार्टीले भने उनलाई ‘लज्जा बोध नभएको व्यक्ति’ भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएको छ । जोन्सनले संसदमा आफूले लकडाउनको उल्लङ्घन गरेको स्वीकार गरेर माफी पनि मागेका छन् । उनले आफूले माफी माग्नु मात्र पर्याप्त नभएकाले केही दिनमा नै सुधारको कार्यक्रम घोषणा गरिने उल्लेख गरेका, बिबिसीले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP