टिपरको ठक्करबाट घरको आँगनमा बसेर आगो तापिरहेका दुईको मृत्यु, दुई घाइते

दिप खबर
माघ १८, २०७८

बर्दियामा टिपरको ठक्करबाट बढैयाताल–३ सतपतियामा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेका छन्। साथै सोही ठाउँका ३५ बर्सिया प्रमीला चौधरी र ४० बर्सिया बेलमति थारु समेत गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवैको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् । चालक सुर्खेतको वीरेन्द्रनगरका दुर्गा विकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले बताएका छन् । आफन्त र स्थानीयले चालकमाथि कडा कारबाही र क्षतिपूर्ति माग गर्दै नेपालगन्ज–गुलरिया सडक खण्ड मङ्गलवार बिहानदेखि भोलागौढी खण्डमा चक्काजाम गरेका छन् । टिपर सहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP