मोरङमा फेरि बर्डफ्लु रोग देखियो

दिप खबर
माघ १८, २०७८

मोरङको ग्रामथान गाउँपालिका र बूढीगंगा गाउँपालिकाका कृषकहरूले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायहरूको समन्वयमा विज्ञसहितका टोली परिचालन गरिएको विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


रोग नियन्त्रणका लागि खटिएको टोलीले एक हजार ६५० लेयर्स कुखुरा सहित चार हजार २०० वटा अन्डा, दाना लगायतका वस्तु सुरक्षित तवरले डिस्पोज गरेको बताइएको छ । यस्तै, रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण बनाइएको समेत विभागले जनाएको हो ।

विज्ञप्ति 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP