सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रहरीले ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । ३१ ग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको १ प्रदेश नम्बर प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरूलाई सोमबार सङ्घीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धरान-१३ का २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश नेम्वाङ, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिप मगर पक्राउ परेका हुन् । यसै गरी धरान-१९ का २६ वर्षीय जनम मगर, धरान-३ का २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजीव मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP