भोजपुरमा किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

दिप खबर
माघ १७, २०७८

१६ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पदमले ती किशोरीलाई भोजपुर नगरपालिका-७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP