कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने त्रिविको तयारी

दिप खबर
माघ १७, २०७८

कोभिड-१९ का कारण स्थगित भएका परीक्षा फागुनमा गर्ने तयारी गरेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गते भित्रै सूचना प्रकाशन गर्ने गरी काम गरिरहेको बताए ।

जोशीले भने, ‘छलफल भइरहेको छ । बुधवार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधवार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौँ ।’ आइतबार कोभिड-१९ को अवस्था हेरेर बुधवार निर्णय गर्ने उनले बताएका छन् ।


कोभिड-१९ सङ्क्रमण तीव्र रूपमा फैलन थालेपछि त्रिविले सेमेस्टर तथा वार्षिक परीक्षाहरू माघ मसान्तसम्मको लागि तय भएका पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको थियो । त्रिविले ती स्थगित गरिएका परीक्षाहरू फेरी सञ्चालन गर्न लागेको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP