कञ्चनपुरमा स्कुटर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो । बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP