बिपी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु

दिप खबर
माघ १७, २०७८

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । मधेस प्रदेशको सप्तरी जिल्ला हनुमाननगर कंकालिनी ८ की ७६ बर्सिया वृद्धाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुरामणि पोखरेलले बताएका छन् । डा.पोखरेलले श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित महिलाले कोरोना विरुद्धको खोप समेत लगाएको जानकारी दिए ।


आइतबार आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार राति साढे १० बजे मृत्यु भएको डा.पोखरेलले जानकारी दिएका छन् ।

प्रतिष्ठानमा हालसम्म ४३४ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको डा.पोखरेलले जानकारी दिएका छन् ।

हालसम्म प्रदेश १ मा कोरोना सङ्क्रमणका कारण ७ सय ६२ महिला र १ हजार ४ सय ६५ पुरुष गरी जम्मा २ हजार २ सय २७ जनाको मृत्यु भइसकेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP