एक महिला सहित दुई जना विभिन्न लागू औषध सहित पक्राउ 

दिप खबर
माघ १७, २०७८

सर्लाहीको कबिलासी नगरपालिका-८ बाट प्रहरीले कारमा सवार एक व्यक्तिलाई लागू औषध सहित पक्राउ गरेको छ । मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एच आर २६ बी एफ १८७६ नम्बरको कारलाई जाँच गर्दा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । कारमा सवार लालबन्दी नगरपालिका-८ बस्ने ४३ वर्षीय अख्तर हुसेनको साथबाट डाइलेक्स डिसी सय एमएलको ११ बोतल, नुफिनरफेरगन ११ एम्पुल र हाइटेक इन्जेक्सन ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।


त्यस्तै, सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका ७ गणेशिया टोलबाट ट्याम्पोमा सवार महिलालाई लागू औषध गाँजा सहित पक्राउ गरिएको छ । प्रदेश ०२–००१–ह १४०२ नम्बरको ट्याम्पोमा सवार मकवानपुरको कैलाश गाउँपालिका-५ बस्ने ३० बर्सिया करिश्मा मोक्तानलाई २० किलो ९ सय ग्राम गाँजा सहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले बताएका छन् ।

पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP