जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका वार्ड नम्बर १३ का ७१ वर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार बिहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते कार्कीको तत्काल उपचारका लागि बिर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएको र उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP