एक युवकले बन्चरो प्रहार गरी आफ्नो पिताको हत्या गरेको आरोपमा पक्राउ

दिप खबर
माघ १७, २०७८

कञ्चनपुरमा आफ्नो पिताको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।  लालझाडी गाउँपालिका-२ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय  रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 


घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शङ्करपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।  

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP