म्यानचेस्टर युनाइटेडका खेलाडी मेसनग्रिनवुड माथि बलात्कारको आरोप

दिप खबर
माघ १७, २०७८

म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड लाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर र भिडियोको बारेमा प्रहरीलार्ई जानकारी गराइए पस्चात ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी हिरासतमा रहेको र घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको पनि प्रहरी जानकारी दिएको छ । 


युनाइटेडले थप जानकारी प्राप्त नभएसम्म ग्रिनवुड प्रशिक्षण वा खेलमा नफर्कने जानकारी दिएको छ । क्लबले कुनै पनि प्रकारको हिंसाको भर्त्सना गर्ने बताउँदै सामाजिक सञ्जालमा लगाइएको आरोपबारे आफूहरूलाई जानकारी प्राप्त भएको तर सत्य तथ्य पत्ता नलागेसम्म थप प्रतिक्रिया नदिने बताएको छ । 


ग्रिनवुड आफैले भने आफूमाथि लगाइएको आरोपको कुनै प्रतिक्रिया दिएका छैनन् । २० वर्षीय खेलाडीले सन २०१९ को मार्चमा क्लबका लागि डेब्यू गरेका थिए । सन २०२१ को फ्रेब्रुअरीमा उनले क्लबसँग चार वर्षको नयाँ करारमा हस्ताक्षर गरेका थिए । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP