अमेरिकामा हिम आँधीका कारण त्यहाँका पाँच राज्यमा आपत्कालीन घोषणा

दिप खबर
माघ १७, २०७८

अमेरिकाको इस्ट कोष्ठ क्षेत्रमा हिम आँधी भयानक बन्दा त्यहाँका पाँच वटा राज्यमा आपत्कालीन घोषणा गरिएको छ । भयानक हिम आँधीका कारण अवस्था जटिल बनेपछि न्यु योर्क, न्यु जर्सी, मेरिल्यान्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्य सरकारले आपत्कालीन घोषणा गरेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

सो क्षेत्रमा चार वर्षपछि सबैभन्दा ठुलो हिम आँधी आएको बताइएको छ । शनिवार त्यहाँको नेसनल वेदर सर्भिसले सो आँधीलाई ‘बम साइक्लोन’को नाम दिएको बताएको छ ।


सो क्षेत्रमा भारी हिमपात हुनुका साथै आँधीपछि बाढीको सम्भावना रहेको बताइएको छ । विज्ञहरूले सबैलाई सतर्क रहन चेतावनी समेत दिई सकेका छन् ।

सो आँधीका कारण अधिकारीहरूले आइतबारका लागि तय भएका करिब ६ हजारभन्दा बढी अमेरिकी उडानसमेत रद्द गरेका बिबिसी मिडियाले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP