महोत्तरीका १२-१७ वर्ष उमेरका विद्यार्थीको लागि ७४ हजार ४ सय २१ मोडर्ना खोप आइपुगेको छ । १५ माघदेखि २० माघसम्म लक्षित उमेर समूहका लागि खोप लगाइसक्ने लक्ष्य अनुसार खोप आइतबार जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी आएको हो । स्वास्थ्य कार्यालय महोत्तरीका लक्ष्मेश्वर झाका अनुसार खोप र स्वास्थ्य परिचालन गर्ने सम्बन्धमा जिल्लामा अहिलेसम्म तयारी भइसकेको छैन ।
प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल समेत कोरोना पोजेटिभका कारण आइसोलेसनमा रहेकाले खोपका सम्बन्धमा तुरुन्त निर्णय लिन नसकिएको लक्ष्मेश्वर झाको भनाइ छ । सोमबारदेखि २१ माघसम्म बुस्टर डोजको व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
बुस्टर डोज लगाउन दोस्रो डोज खोप लगाएकाले ६ महिना काटेको हुनुपर्नेछ भने उक्त खोप वृद्ध, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा खटिने जुनसुकै उमेर समूहकाले खोप लगाउन सक्ने व्यवस्था रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP