कञ्चनपुरमा स्कुटर दुर्घटनामा परी एकको मृत्यु

दिप खबर
माघ १७, २०७८

भीमदत्त नगरपालिका ३ विचपुरीका अन्दाजी ४५ वर्षीय पुरन चौधरीको स्कुटर दुर्घटनामा परी गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चौधरी गम्भीर घाइते भएका थिए ।

उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP