मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा रुखबाट लडेर २ जनाले ज्यान गुमाए

दिप खबर
माघ १६, २०७८

प्रदेश नम्बर १ को मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा रुखबाट लडेर २ जनाले ज्यान गुमाएका छन् । 


हिजो झापा मेचीनगर नगरपालिका-३ दूधे गोलाटारका ४२ वर्षीय मेघेन्द्र विकले लाम्पातेको रुखको हाँगा झार्ने क्रममा लड्दा ज्यान गुमाएका छन् । गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


त्यसै गरी हीँजैे मोरङ मिक्लाजुङ गाउँपालिका-४ दैत्यको सिरान जङ्गलमा खिरीको रुख चढेर घाँस काट्ने क्रममा लड्दा सोही स्थानका ४८ वर्षीय धनबहादुर विश्वकर्माले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP