सुनसरीको दुहबीबाट लागु औषध सहित ३ जना पक्राउ

दिप खबर
माघ १६, २०७८

सुनसरीको दुहबीबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । शनिवार बेलुका ५ बजे सिआरभी पोस्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोसी राजमार्गमा विराटनगर वाट इटहरीतर्फ जाँदै गरेको सार्वजनिक बसमा चेकिङ गर्ने क्रममा उनीहरूलाई लागु औषध Spasmo Proxyvon ३२ ट्याब्लेट र  Nitrogen ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा दुहबी नगरपालिका-५ दुहबी स्थितबाट इटहरी उपमहानगरपालिका-३ का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बु र इटहरी १७ का २० वर्षीय विमल के.सी. पक्राउ परेका हुन् । पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP