सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् । स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP