बालकुमारी माईको मूर्ति चोरीको सूचना दिनेलाई पाँच लाख नगद पुरस्कार दिइने :बालकुमारी भवानी गुठी

दिप खबर
माघ १६, २०७८

ललितपुरको सुनाकोठीस्थित बालकुमारी माईको मूर्ति चोरीको सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । बालकुमारी भवानी गुठीले मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गुठीले मूर्तिबारे कुनै सूचना वा जानकारी दिन मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न आग्रह गरेको छ । गएको शुक्रवार बसेको गुठी बैठकले उक्त सूचना दिने व्यक्तिलाई प्रोत्साहन स्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो ।


मूर्ति खोजी कार्यमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ । ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले मूर्ति चोरीबारे अनुसन्धान जारी रहेको बताए । गएको आइतबार बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो । उक्त मूर्ति अहिलेसम्म भेटिएको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP