एक किलो सुन सहित एक जना पक्राउ

दिप खबर
माघ १६, २०७८

प्रहरीले कास्कीबाट झन्डै एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट प्रहरीले बिस्कुट आकारको सुन सहित पोखरा–१५ राम बजारका २५ वर्षीय रेशम सुनारलाई शनिवार राति पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पोखराका लागि छुटेको ग १ ख २९६९ नम्बरको हायसमा वडा प्रहरी कार्यालय गगनगौडाको प्रहरी टोलीले जाँच गरेको थियो । सो बसमा सवार सुनारको साथबाट प्रहरीले करिब एक किलोको सुनको बिस्कुट बरामद गरेको हो ।

सुनारलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP