बालिकासँगको अवैध सम्बन्ध लुकाउन, हत्या गरेको आरोपमा एक जना पक्राउ

दिप खबर
माघ १६, २०७८

पर्सामा बालिका अपहरण गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छन् ।

पक्राउ पर्ने वीरगन्ज महानगरपालिका– १६ का ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी रहेका छन् । आरोपित कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको अपहरण गरी हत्या गरेको अनुसन्धान मार्फत खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।

कुर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर– १५ भिष्वामा डेरा गरी बस्ने सरोज कुशुवाहाकी १० वर्षीय छोरी रिजवाना महतोको हत्या गरेका हुन । गत पुस २४ गते वीरगन्ज महानगरपालिका वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनमा रिजवाना महतोको शव फेला परेको थियो । 

पक्राउ परेका पटेलमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP