अज्ञात समूह द्वारा पार्किङमा राखेको बसमा आगजनी

दिप खबर
माघ १६, २०७८

बारामा अज्ञात समूहद्वारा पार्किङ गरेर राखेको बसमा आगजनी गरेको छ । बारा जिल्ला स्थित कोल्हवी नगरपालिका वडा नं. ६ कुमारगढी गाउँमा अज्ञात समूहले यात्रुवाहक बस जलाएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ना ७ ख ३६३५ नम्बरको पार्किङ गरी राखिएको यात्रुवाहक बसमा शनिवार राति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

आगजनी कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP