सुनसरी, ईनरुवाको लोकतान्त्रिक चोक देखी ईनरुवा अस्पताल जाने सडकमा गत शनिवार “सुनसरी आईकेयर एण्ड अप्टिकल्स” सञ्चालनमा ल्याइएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले रिबन काटेर “सुनसरी आईकेयर एण्ड अप्टिकल्स ” को उत्धाटन गरेका छन् । ईनरुवाको जनताको सेवा गर्न “सुनसरी आईकेयर एण्ड अप्टिकल्स ” लाई सञ्चालनमा ल्याउनु खुसीको कुरा रहेको कोइरालाले बताएका छन् । यसले गर्दा इनरुवावासीले अन्यन्त्रै जानु पर्ने समस्या पनि हट्ने बताएका छन् । सस्तो, छिटो र छरितो सेवा प्रवाह गर्ने भएकाले जनताले सास्ती नपाउने काँग्रेस नेता कोइरालाले बताएका छन् ।
दृष्टि विशेषज्ञहरू अमित मेहेरा र गौरव राईले ईनरुवासीको सेवा गर्ने बताएका छन् । बाहिर अध्ययन गरेर आफ्नै गाउँ, सहर बासीको सेवा दीन पाउने भएकाले आफूहरू खुसी रहेको बताएका छन् ।
साथै गत शनिवार बाट एक हप्ताका लागी “सुनसरी आईकेयर एण्ड अप्टिकल्स ”ले निसुल्क आँखा परीक्षण गर्ने भएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP