मोरङस्थित धनपालथान गाउँपालिकाको ७ मा गत बुधवार र बिहीबार उखुबारीमा जमिनमुनि गाडिएको दुई वटा शव सडेको अवस्थामा प्रहरीले फेला परेको थियो । प्रहरीले बिहीबार दिउँसो उत्खनन गरेको शव ४९ वर्षीय राजेन्द्र श्रेष्ठको रहेको खुलेको थियो । त्यसै गरी बुधवार राति खाडलबाट निकालिएको अर्को शवको पहिचान खुलाउन सकिएको थिएन । उक्त शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । बुधवार राति उत्खनन गरिएको शव सप्तरीको शम्भुनाथ गाउँपालिकाका ३५ वर्षीय शम्भु चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताएका छन् ।
श्रेष्ठसँगै शम्भु पनि सम्पर्क विहीन थिए र दुवै साथी पनि रहेको प्रहरीले जनाएको हुन् । श्रेष्ठको पहिचान खुले पस्चात प्रहरीको अनुसन्धाने शम्भुको परिवार पत्ता लगाएको हो । शम्भुको परिवारले आइतबार बिहान शव पहिचान गरेका प्रहरीले बताएको छ ।
प्रहरीको अनुसन्धानबाट श्रेष्ठ र चौधरी दुवै जग्गा कारोबारी रहेको खुलासा भएको छ । प्रहरीले गत बुधवार राति एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ५० मिटरको दुरीमा रहेको अर्को श्रेष्ठको शव बिहीबार दिउँसो गाडिएको अवस्थामा फेला परेको थियो । दुवै को हत्या पस्चात गाडिएको र शव लाई छिटै गलाउन नुनको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP