प्रधानमन्त्री शेरबहादुर देउवाले माग १६ गते अर्थात् सहिद दिवसको अवसर पारेर काठमाडौँको लैनचौर स्थित शहीद स्तम्भमा माल्यार्पण गरेका छन् ।
शहीद दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् । कार्यक्रममा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारण लगायत सहभागी रहेका थिए ।
कोरोना सङ्क्रमणको अवस्थाका कारण शहीद दिवसको कार्यक्रम औपचारिकतामा सीमित गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP