प्रहरीले दुई फरक स्थानबाट लागू औषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत समेत रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राति साढे ८ बजे बहुदरमाई नगरपालिका–९ विश्रामपुर मौजे घर भएका ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार पक्राउ परेका हुन् । कलवारको घरबाट गाँजाको बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कलवारको घर खानतलासी गर्दा लुकाएर राखिएको ७४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै बिहीबार राति ९ बजे तीर को समयमा विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीबाट झौवा जाने बाटोबाट थप २ जना गाँजा सहित पक्राउ परेका हुन । प्रहरी चौकी अमरपट्टीको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ शङ्कास्पद रूपमा पैदल जाँदै गरेका पर्सा सखुवाप्रसौनी गाँउपालीका–१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दासलाई पक्राउ गरेको थियो । उनीहरू साथबाट ७ किलो गाँजा फेला परेको थियो ।
पक्राउ परेका चारै जनालाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP