मोरङमा महिला माथि गरिएको जबरजस्ती करणीका आरोपी तीनै जना पक्राउ

दिप खबर
माघ १४, २०७८

मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका-४ बलिया स्थितमा रहेको श्रेष्ठ होटेल एन्ड फेमेली होटेलमा जबरजस्ती करणी गरेको अभियोगमा सोही होटेल सञ्चालक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बलिया चौकका होटेल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका-३ का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधांशु दर्जी रहेका छन् ।


उनीहरूले गत माग ७ गते बेलुका साढे ५ बजे महिला इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याई दिन्छु भनी गाडीमा चढाएर उक्त होटेलमा पुर्‍याई जबरजस्ती करणी गरेको खुल्न आएको हो । अर्को दीन सो घटनाको जानकारी थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तत्काल होटेल सञ्चालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।


उक्त घटनाका अर्का सदस्य राम बहादुर नेपाली भन्ने सुधांशु दर्जी फरार भएका थिए । उनलाई भने गत ११ गते इलाम सूर्योदय नगरपालिका-१२ तिनघरेमा लुकेर बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP