उखु लोड गरेको ट्याक्टरमा बस ठोक्किँदा २५ जना घाइते, एक गम्भीर

दिप खबर
माघ १४, २०७८

सर्लाहीमा उखु लोड गरेको ट्याक्टरमा बस ठोक्किँदा २५ जना घाइते भएका छन् । शुक्रवार बिहान करिब सावा ४ बजे सर्लाहीको हरिवन नगरपालिका वडा नं.९ सुखेपोखरी स्थित पूर्व पश्चिम राजमार्गमा भैरहवाबाट विराटनगर तर्फ जाँदै गरेको नाइट बस ठोक्किँदा ३९ जना सवार मध्ये २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ज.२त.७८१ नम्बरको उखु लोड गरेको ट्याक्टर बिग्रे पछि बाटोको साइडमा रोकिएको अवस्थामा लु २ ख.४७५७ नम्बरको बस ठोक्किएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भीर र ९ जनाको मध्यम छ । बाँकीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएका छन् । घाइते मध्ये ७ जनालाई वीरगन्ज र भरतपुर रिफर गरिएको तथा बाँकी सामान्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक भने सामान्य घाइते रहेकाले उपचार पश्चात् प्रहरीको नियन्त्रणमा रहेको छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP