सरकारले २०७७ साल माघ १४ देखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो । यो एक वर्षमा अहिलेसम्म एक करोड ३७ लाख नागरिकले पूर्ण मात्रा खोप प्राप्त गरेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म तीन करोड चार लाख ७५ हजार पाँच सय ८९ मात्रा खोप प्रयोग भएको छ । एक करोड ६४ लाख ५८ हजार चार सय ७५ जनाले कम्तीमा एक मात्रा र पूर्ण खोप लगाउने एक करोड ३७ लाख ३४ हजार तीन सय ९० जना छन् ।
अतिरिक्त डोज अर्थात् बुस्टर मात्रा लगाउनेको सङ्ख्या दुई लाख ८२ हजार सात सय २४ छ । सुरुमा खोप व्यवस्थापन र लगाउन चुनौती देखिएको भए पनि अहिले खोपप्रति आकर्षण बढेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP