नेपाल विद्यार्थी सङ्घले कीर्तिपुर स्थित त्रिवि व्यवस्थापन सङ्कायमा गर्‍यो तालाबन्दी

दिप खबर
माघ १४, २०७८

नेपाल विद्यार्थी सङ्घले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा तालाबन्दी गरेको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सहमति कार्यान्वयन नगरे पछि बाध्य भएर तालाबन्दी गरेको ने.वि.सङ्घ नेता दीपक ओझाले बताएका छन् ।

आर्थिक अभावका कारण विद्यार्थीहरूमा गरिएको विभेद अन्त्य गर्न र महँगो कोर्स पढ्न नसक्ने विद्यार्थीहरूको लागि प्रत्यक्ष लाभान्वित गर्न सम्पूर्ण विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्न ने.वि.सङ्घ र त्रिवि बिच भएको सहमति कार्यान्वयन नभएको आरोप ने.वि.सङ्घ ले लगाएको छ ।

नेविसंघ र त्रिविबिच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने विद्यार्थीहरूले माग राखेका छन् । ने.वि.सङ्घ ले त्रिवि व्यवस्थापन सङ्कायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शुल्कमा एकरूपता ल्याउन माग गरेको छ ।

केही क्याम्पसले छात्रवृत्तिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरूको सम्बन्धन खारेज गरी आवश्यक कारबाही गर्न माग गरिएको ने.वि.सङ्घ नेता ओझाले जानकारी दिए ।

विद्यार्थीहरूको माग सम्बोधन गर्न २४ घण्टाको समय दिँदै उक्त समयमा मागको कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP